Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्‍यो

माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्‍यो


  • 1.8K
    Shares

    माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्‍यो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक डेढ घण्टा पछि सरेको छ । बिहान ११ बजे बोलाएको पदाधिकारी बैठक साढे १२ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताएका हुन् । प्रधानमन्त्री व्यस्त भएकाले केही समय बैठक सारिएको ढकालले बताए ।

    आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् ।

    गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपतिको चुनावसम्म मन्त्रालय आफूसँगै राख्ने पक्षमा देखिएका छन् ।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - ११:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij