Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो


  • 2.4K
    Shares

    लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

    लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलगिएको छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो।

    लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलगिएको हो।

    नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको स्पष्ट पारेकी छन्।

    सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। त्यस्तै, विपक्षी दल नेपाली काँग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ।

    एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र काँग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ।

    नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ। निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जनाएका छन्।

    रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय उम्मेदवार छन् भने नेकपा एमालेबाट कुमार दसौती रहेका छन्। यस्तै, नेपाली काँग्रेसबाट माधवप्रसाद आचार्य उम्मेदवार रहेका छन्।

    राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन्। जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन्।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - ११:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij