Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रविलाई हर्क साम्पाङको सुझाव : सरकार छाडेर प्रतिपक्षमा बस्नुस् ! नत्र अर्को चुनावमा १ सिट मात्रै

रविलाई हर्क साम्पाङको सुझाव : सरकार छाडेर प्रतिपक्षमा बस्नुस् ! नत्र अर्को चुनावमा १ सिट मात्रै


  • 2.7K
    Shares

    रविलाई हर्क साम्पाङको सुझाव : सरकार छाडेर प्रतिपक्षमा बस्नुस् ! नत्र अर्को चुनावमा १ सिट मात्रै

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका छन् । यसरी अपमानित भएर सरकारमा बसे अर्को चुनावमा १ सिट मात्र आउन सक्ने मेयर साम्पाङले चेतावनी पनि दिएका हुन् ।

    सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्- ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ !’

    अदालतले हालै मात्र लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछानेले सांसद र मन्त्री पददेखि पार्टीको सभापति पदसमेत गुमाउनु परेको थियो । नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने पुनः पार्टी सभापति बनेका छन् भने गृहमन्त्री पदमा फर्कनका लागि मरिहत्ते गरिरहेका छन् । सुशासनको चर्को नारा लगाउने लामिछानेले आफ्नो राहदानीसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेका बेला फेरि तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै आलोचना भइरहेको छ ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - २१:१२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij