२०८२ भाद्र ३ गते मंगलवार
नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय आइपुगेका छन्। लामिछाने नागरिकता लिन आउने भएपछि बिहानैदेखि जिप्रका परिसरमा उनका कार्यकर्ता,समर्थक र सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको छ।
अहिले जिप्रका परिसरमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सर्वोच्च अदालतले नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरिदिएपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij