२०८२ माघ १३ गते मंगलवार
कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको जहाज दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।
कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले राससलाई जानकारी दिए।
चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो। साथै उद्धारका क्रममा भेटिएको ब्ल्याक बक्सलगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।
विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तिव्रता दिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij