२०८२ भाद्र ४ गते बुधवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij