Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

रियादमा खेलअघि अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सी

रियादमा खेलअघि अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सी


  • 2.0K
    Shares

    रियादमा खेलअघि अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सी
    images

    बलिउड अभिनेता अमिताभ बच्चनले फुटबल जगतका समकालीन दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई भेटेका छन्। 

    बिहीबार राति साउदी अरेबियाको रियादमा बच्चनले रियाद क्लब र पेरिस सेन्ट जर्मेन बीचको खेल क्रममा यी दुई फुटबलरलाई भेटेका हुन्।  बच्चन फुटबल प्रतियोगिता हेर्न त्यहाँ पुगेका थिए। खेलअघि उनले दुवै खेलाडीसँग हात मिलाएका थिए।  

    अर्जेन्टिनाका विश्वकप विजेता मेस्सी र पोर्चुगलका स्टार रोनाल्डोसँग हात मिलाउँदा बच्चन खुसी देखिएका थिए। 

    फुटबलका शौकीन बच्चनले आफूले मेस्सी र रोनाल्डोलाई भेटेको भिडियो सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रियादमा एक साँझ ह्वाट एन इभिनिङ क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, एमबापे, नेयमार सबै सँगै खेलिरहेका छन्। 

    लियोनल मेस्सी, नेइमार र एम्बाप्पे सम्मिलित फ्रान्सेली क्लब पीएसजी रोनाल्डो आबद्ध रियादसँग खेल्न साउदी अरेबिया आएको थियो। उक्त खेलमा पीएसजी ५-४ गोलअन्तरले विजयी भएको थियो। 

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - १३:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij