Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रास्वपाबाट कुन–कुन मन्त्रालय पाउँदा को को बन्दैछन् मन्त्री ?

रास्वपाबाट कुन–कुन मन्त्रालय पाउँदा को को बन्दैछन् मन्त्री ?


  • 2.4K
    Shares

    रास्वपाबाट कुन–कुन मन्त्रालय पाउँदा को को बन्दैछन् मन्त्री ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुन मन्त्रालय पाउँदा कुन व्यक्तिलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा समझदारी कायम भएको छ ।

    रास्वपाका एक सांसदले दिएको जानकारीअनुसार पार्टीको संसदीय दलको बैठक बस्दा नै कुन मन्त्रालय पाउँदा कुन व्यक्तिलाई पठाउने भन्ने मोटामोटी सहमति भएको हो । ‘व्यक्तिगत विज्ञता र समावेशितालाई प्रमुख आधार मानेर व्यक्तिलाई छनोट गरिने मापदण्ड अनुसार नै कुन व्यक्तिलाई कुन मन्त्रालय दिने भन्ने सहमति भएको हो,’ रास्वपाका ती सांसदले भने ।

    शिक्षा मन्त्रलाय पाए शिशिर खनाललाई पठाउने सहमति भएको छ । खनाल टिच फर नेपालका संस्थापक भएर शिक्षा क्षेत्रमा काम गरेका कारण पार्टीले शिक्षा मन्त्रालय पाए खनाललाई पठाउने सहमति भएको ती सांसदले बताए ।

    पार्टीले स्वास्थ्य मन्त्रालय पाए डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र ढाकाकुमार श्रेष्ठ मध्ये कुनै एक जनालाई पठाउने सहमति भएको उनले खुलाए । ‘३ जना डाक्टरहरूमध्ये समावेशिता समेतलाई ख्याल गर्दै कुनै १ जनालाई मन्त्री बनाउने सहमति भएको हो,’ ती सांसदले भने ।

    पर्यटन मन्त्रालय पाएको खण्डमा संस्कृति तथा पर्यटनमा काम गरेका सांसद विराजभक्त श्रेष्ठ र पार्टीको उपसभापति समेत रहेका डोरप्रसाद अर्याललाई मन्त्री बनाउने सहमति भएको छ । युवा तथा खेलकुद मन्त्रालय वा कृषि मन्त्रालय पाए मनिष झालाई मन्त्री बनाउने सहमति भएको उनले बताए । ‘झा हकी एशोसिएशनका उपाध्यक्ष, पूर्व राष्ट्रिय खेलाडी हुनुका साथै युवामा विभिन्न कामहरू गरेकाले उनलाई युवा तथा खेलकुद मन्त्री दिने सहमति भएको हो,’ ती सांसदले भने ।

    कानून मन्त्रालय पाए सोविता गौतम, महिला, बालबालिका मन्त्रालयमा कुनै अन्य महिलालाई पठाइने सहमति भएको उनले बताए । ‘पार्टीको मुख्य सोच सोविता गौतमलाई उपसभामुख बनाउने भन्ने नै हो । इमर्जिङ युथ लिडर भएर उपसभामुख हुँदा राम्रो सन्देश जाने भएकाले पनि त्यस्तो सहमति भएको हो,’  ती सांसदले भने ।

    ‘पार्टीले ४ मन्त्रालय र १ उपसभामुखको दाबी गर्ने, नेगोसिएसन हुँदा ३ मन्त्री १ राज्यमन्त्री र १ उपसभामुख दाबी गर्ने एक किसिमको निर्णय भएको हो,’ उनले थपे, ‘त्यो पनि नभए पार्टीको अन्तिम बटमलाइन भने ३ मन्त्री र १ उपसभामुखको रहिरहने निर्णय भएको हो ।’

    पार्टीमा खसआर्य, महिला, आदिवासी जनजाति, मधेशी, थारु सहितको क्लस्टरलाई ध्यानमा राखेर मन्त्री बनाउने निर्णय गरेको उनले बताए । ‘अब भागबन्डामा हाम्रो पार्टीले कुन मन्त्रालय पाउँछ, त्यही अनुसार निर्णय हुन्छ,’ उनले भने । लोकान्तर

    प्रकाशित मिति :माघ २ २०७९ सोमवार - १८:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij