Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

नाइजेरियामा सवारी दुर्घटना १६ जनाको मृत्यु

नाइजेरियामा सवारी दुर्घटना १६ जनाको मृत्यु


  • 1.6K
    Shares

    नाइजेरियामा सवारी दुर्घटना १६ जनाको मृत्यु
    images

    अबुजा । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिहरुको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते भएका छन् । 

    यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको बताइएको छ । सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेको बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल पुर्‍याइएको छ । 

    सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । उक्त राज्यको मंगु गाउँनजिकै सो दुर्घटना भएको हो । यहाँको सडकको अवस्था, सवारी चालकहरुको लापरबाही र अन्य कारणले यहाँ सडक दुर्घटना प्राय हुने गर्दछ ।

    प्रकाशित मिति :माघ २ २०७९ सोमवार - १४:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij