Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वभर २३ लाख भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु

विश्वभर २३ लाख भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु


  • 8.4K
    Shares

    विश्वभर २३ लाख भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु

    विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै सङ्क्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् ।

    होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय सङ्क्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ ।

    योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ७० हजार ४१८ जनाको मृत्यु भएको छ ।

     

    प्रकाशित मिति :माघ २४ २०७७ शनिवार - १०:४१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij