Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

बंगलादेशमा सरकारविरुद्ध व्यापक प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

बंगलादेशमा सरकारविरुद्ध व्यापक प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग


  • 2.0K
    Shares

    बंगलादेशमा सरकारविरुद्ध व्यापक प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग
    images

    बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा प्रदर्शन गरेका हुन् ।

    उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको समेत माग गरेका छन् । कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसद्बा‍ट राजीनामाको घोषणा गरेका हुन् ।

    हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो । पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन् ।

    बंगलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् । एजेन्सी

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १२:३२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij