Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हड्ताल गर्नेलाई कारबाही गर्छौँ, निर्धक्क व्यवसाय सञ्चालन गर्नुस् : गृह मन्त्रालय (विज्ञप्तिसहित)

हड्ताल गर्नेलाई कारबाही गर्छौँ, निर्धक्क व्यवसाय सञ्चालन गर्नुस् : गृह मन्त्रालय (विज्ञप्तिसहित)


  • 6.1K
    Shares

    हड्ताल गर्नेलाई कारबाही गर्छौँ, निर्धक्क  व्यवसाय सञ्चालन गर्नुस्  :  गृह मन्त्रालय (विज्ञप्तिसहित)

    प्रचण्ड र नेपाल नेतृत्वको नेकपाले बिहीबार आमतहड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ।

    मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो। ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ।

    ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ मन्त्रालयले भनेको छ।

    हेर्नुहोस् विज्ञप्ति:
     
    144794289_481114232884848_171368906763418089_n.jpg

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - २०:५९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij