Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

३ महिनामा २ खर्ब ८१ अर्ब भित्रियो रेमिट्यान्स, १ लाख ४७ हजार जनाले लिए श्रम स्वीकृति

३ महिनामा २ खर्ब ८१ अर्ब भित्रियो रेमिट्यान्स, १ लाख ४७ हजार जनाले लिए श्रम स्वीकृति


  • 2.0K
    Shares

    ३ महिनामा २ खर्ब ८१ अर्ब  भित्रियो रेमिट्यान्स, १ लाख ४७ हजार जनाले लिए श्रम स्वीकृति
    images

    चालु आर्थिक वर्षकाे तीन महिनाको अवधिमा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार रेमिट्यान्स बढेकाे हाे । 

    अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव एक प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स सात दशमलव नाै प्रतिशतले वृद्धि भइ दुई अर्ब १९ करोड पुगेको छ ।

    यस्तै चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय २३ दशमलव एक प्रतिशतले वृद्धि भइ एक लाख ४७ हजार नाै सय ३२ जना पुगेको छ ।

    त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६६ प्रतिशतले वृद्धि भइ ५७ हजार आठ सय ६१ जना पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - १६:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij