Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

श्वेता  खड्काले भुत्ल्याएको भन्दै  सुष्मा कार्की  पुगिन् प्रहरीको शरणमा, यसरी भएछ लफडा  

श्वेता  खड्काले भुत्ल्याएको भन्दै  सुष्मा कार्की  पुगिन् प्रहरीको शरणमा, यसरी भएछ लफडा  


  • 13.3K
    Shares

    श्वेता  खड्काले भुत्ल्याएको भन्दै  सुष्मा कार्की  पुगिन् प्रहरीको शरणमा, यसरी भएछ लफडा  
    images

    काठमाडौं । अभिनेत्री सुष्मा कार्कीले श्वेता खड्कासहितले आफूलाई गालीगलौज र कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

    अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन् ।

     उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएकोले कारबाहीका लागि उजुरी लिएर आएको बताइन् । प्रहरीले छलफलका लागि श्वेतासहित आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ ।

    लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको सुष्माको दावी छ । आफूमाथि भएको दुर्व्यवहारको भिडियो समेत प्रहरीलाई सुष्माले बुझाएकी छन् ।

    श्वेताले आफूलाई अपशब्द र गालीगलौज पनि गरेको र बहिनी आरतीले हात हालेको सुष्माले प्रहरीलाई बताएकी छन् । साथै कपाल समातेर भुत्ल्याएको पनि उजुरीमा उल्लेख छ। 

    उनले प्रहरीमा दिएको जाहेरी अनुसार आफ्नो जन्मदिनको पार्टी आयोजना गर्न भेन्यु खोज्न जाने क्रममा लण्डन पबमा पुगेको र सोही क्रममा श्वेताको परिवार र उत्सव रसाइली झगडा गर्न आएको बताएकी छन् ।

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - १५:५५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij