Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

२४ घन्टा बित्दा पनि भेटिएनन् बबई नदीमा डुबेका किशोरी

२४ घन्टा बित्दा पनि भेटिएनन् बबई नदीमा डुबेका किशोरी


  • 1.9K
    Shares

    २४ घन्टा बित्दा पनि भेटिएनन् बबई नदीमा डुबेका किशोरी

    दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् ।

    घटनास्थलमा रहनुभएका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ ।

    स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् । बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ । साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए ।

    शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५-१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४-१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् ।

    तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकीले स्थानीयवासीले प्रहरीलाई बोलाएको थियो ।

    प्रकाशित मिति :कार्तिक ६ २०७९ आइतवार - १४:५०:५२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij