Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजदेखि शुक्र ग्रह अस्त, दुर्गा पूजाको नित्य कर्ममा असर पर्छ कि पर्दैन ?

आजदेखि शुक्र ग्रह अस्त, दुर्गा पूजाको नित्य कर्ममा असर पर्छ कि पर्दैन ?


  • 3.8K
    Shares

    • images
    आजदेखि शुक्र ग्रह अस्त, दुर्गा पूजाको नित्य कर्ममा असर पर्छ कि पर्दैन ?

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र ग्रह अस्त भएकाे जनाएकाे छ । यसकाे असर दुर्गापूजाका नित्य कर्ममा पर्छ कि पर्दैन भनेर अन्याैलमा रहनुपर्ने अवस्था भने छैन । किनभने यही आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने समितिले जनाएको छ ।

    गत सोमबारदेखि शारदीय नवरात्र सुरु भई नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी दुर्गा पूजा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको नित्य कर्म भएकाले शुक्र अस्तको कुनै दोष नलाग्ने बताउनुहुन्छ ।

    “शुक्र तथा बृहस्पति अस्त भएका बेला विवाह, व्रतबन्ध, ठूला यज्ञ, तलाउ खन्ने, चौतारा बनाउने, घरको जग राख्ने, घर सर्ने, व्रत प्रतिष्ठा गर्नेलगायत कर्म भने गर्नुनहुने शास्त्रीय वचन रहेको छ, तर विजयादशमीपछि मान्यजनबाट टीका थाप्न, कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गर्न, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना गर्न पनि शुक्र अस्तले केही फरक पार्दैन, तिहार मनाउन पनि शुक्र अस्तको दोष छैन, पास्नी गर्न पनि हुन्छ”, उहाँ भन्नुहुन्छ ।

    आज अस्त हुने शुक्र मङ्सिर पहिलो साता उदय हुने समितिले जनाएको छ । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह तथा व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन १४ २०७९ शुक्रवार - १३:२९:१४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij