Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

दसैँको बिदामा पनि सिद्धार्थ बैंकको यी शाखाहरु खुल्ने

दसैँको बिदामा पनि सिद्धार्थ बैंकको यी शाखाहरु खुल्ने


  • 2.1K
    Shares

    दसैँको बिदामा पनि सिद्धार्थ बैंकको यी शाखाहरु खुल्ने
    images

    दसैँको बिदाका दिनहरुमा ग्राहकको सहजताका लागि सिद्धार्थ बैंकले उपत्यकाभित्र र बाहिर केही शाखाहरु नगद काउन्टर सञ्चालनमा ल्याउने भएको छ । 

    काठमाडौं उपत्यकाभित्र असोज १६ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गतेबाहेक) हात्तीसार र न्युरोड शाखा खुल्नेछन् । यीमध्ये हात्तीसार शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ भने न्युरोड शाखा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछ । 

    यसैगरी उपत्यकाभित्रै असोज १६ गते कुमारीपाटी, सूर्यविनायक र तीनकुने शाखा पनि खुल्नेछन्। यो दिन कुमारीपाटी र सूर्यविनायक शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र तीनकुने शाखा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ ।

    उपत्यका बाहिर भने असोज १६ गते बिर्तामोड, दमक, धरान, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज र घोराही शाखाहरु खुला रहनेछन् । विराटनगर शाखा भने असोज १६, १७, १८ र २१ गते खुला रहनेछ । इटहरी शाखा असोज १७ गते खुल्दा जनकपुर शाखा असोज १६, १७ र २१ गते खुला रहनेछ । 

    वीरगन्ज शाखा असोज १५, १६, १७, १८, २१ र २२ गते, पोखरा शाखा असोज १६, १७, १८, २० र २१ गते, न्युरोड (नेपालगन्ज) असोज २१ गते, टीकापुर शाखा असोज १८ गते, धनगढी शाखा असोज १५, १७ र २१ गते र महेन्द्रनगर शाखा असोज १७ र २० गते खुला रहनेछ । 

    उपत्यकाबाहिर ती शाखा तोकिएका दिनहरुमा बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १४ २०७९ शुक्रवार - १०:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij