Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

राष्ट्र बैंकले लम्ब्यायो स्थायी तरलता सुविधाको सापटी अवधि, अब कति दिन ?

राष्ट्र बैंकले लम्ब्यायो स्थायी तरलता सुविधाको सापटी अवधि, अब कति दिन ?


  • 5.2K
    Shares

    राष्ट्र बैंकले लम्ब्यायो स्थायी तरलता सुविधाको सापटी अवधि, अब कति दिन ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार ७ दिन भन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको छ । दशैं बिदामा तरलता समस्या नहोस् भनेर बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

    १२ असोजको निर्णयअनुसार नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा रहेको व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि ७ दिनको लागि मात्रै पाइने स्थायी तरलता सुविधा अब भने लामो बिदा परेमा बिदा समाप्त नहुँदासम्म भुक्तानी अवधि रहने व्यवस्था गरेको छ ।

    ‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर, ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन’ संशोधित व्यवस्थामा भनिएको छ ।

    sssssssss.jpg

     

    प्रकाशित मिति :आश्विन १३ २०७९ बिहिवार - १३:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij