२०८२ भाद्र १२ गते बिहिवार
डडेल्धुरामा बाघको छाला सहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको अजयमेरू गाउँपालिका वडा नम्बर १ बस्ने २९ वर्षिय जगत सिंह भण्डारी र उनले चलाई रहेको सुपप्र०४००१ प ०५४८ नम्बरको मोटरसाईकलमा ओसारदै गरेको अस्थामा पक्राउ गरीएको हो ।
जिल्लाको अमरगढी नगरपालीका – ६ तोली स्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
डडेल्धुरा प्रहरीका अनुसार सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले चेकजाँच गर्दा उनको साथबाट भालुको पित्त एक थान , ठुलो बाघको जस्तो देखीने छाला एक थान , सानो बाघको जस्तो देखीने छाला एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाइ आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय डडेल्धुरामा बुझाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij