Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो


  • 435
    Shares

    कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो
    images

    काठमाडौं । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।

    १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

    उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १६:४०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij