Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अध्यापन अनुमति पत्र नभएका शिक्षकको जागिर गयो

अध्यापन अनुमति पत्र नभएका शिक्षकको जागिर गयो


  • 60.9K
    Shares

    • images
    अध्यापन अनुमति पत्र नभएका शिक्षकको जागिर गयो

    बैतडी । जिल्लाका विभिन्न विद्यालयहरूमा शिक्षकको जागिर गर्दै आएका अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ।  सुर्नया गाउँपालिकाले अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको हो।

    गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरूलाई अवकाश दिने जनाएको छ। गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन समेत भनेको छ।

    हालै बसेको गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा विद्यालय व्यवस्थापन समितिहरुले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह महराले जानकारी दिए। त्यसरी लाइसेन्स नभएका शिक्षक र विद्यालय कति संख्यामा छन् भन्ने यकिन खुलाइएको छ।

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - १२:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij