Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजको मौसम : काठमाण्डौसहित देशभर व्यापक वर्षा, सतर्कता अपनाउन सुझाव

आजको मौसम : काठमाण्डौसहित देशभर व्यापक वर्षा, सतर्कता अपनाउन सुझाव


  • 2.9K
    Shares

    • images
    आजको मौसम : काठमाण्डौसहित देशभर व्यापक वर्षा, सतर्कता अपनाउन सुझाव

    आज देशभरको मौसममा सामान्यतया  बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई  स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    अति भारी वर्षाको सम्भावना रहेका पहाडी तथा भिरालो जमिनमा   पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।  साथै यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - १०:३१:१७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij