Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

प्रस्तावविपरीत बुँदा थपेर आयो ब्रोकर लाइसेन्स नियमावली, धितोपत्र बोर्ड द्विविधामा (नियमावलीसहित)

प्रस्तावविपरीत बुँदा थपेर आयो ब्रोकर लाइसेन्स नियमावली, धितोपत्र बोर्ड द्विविधामा (नियमावलीसहित)


  • 2.4K
    Shares

    प्रस्तावविपरीत बुँदा थपेर आयो ब्रोकर लाइसेन्स नियमावली, धितोपत्र बोर्ड द्विविधामा (नियमावलीसहित)
    images

    सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण गरिएको छ ।

    सरकारले जारी गरेको नियमावलीले नेपाल धितोपत्र बोर्ड द्विविधामा परेको छ । नियमावलीको बुँदा नं २ को उपबुँदा ३ मा धितोपत्र बोर्डले नियमावली प्रारम्भ भएपछि ३० दिनको समय दिएर आवेदन माग गर्ने भनिएको छ । तर, उपबुँदा ५ मा भने ‘नियमावली प्रारम्भ भएको ३ वर्षपछि बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्नेछ’ भनिएको छ ।

    गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन पारित गरेको थियो । पास भएको नियमावलीमा आफूले प्रस्ताव गरेकोभन्दा विपरीत अर्को बुँदा थपेर आएपछि बोर्ड नै अन्योलमा परेको हो । बोर्डले पुनः नियमावली संशोधनको मागसमेत गरेको छ ।

    बोर्ड स्रोतका अनुसार नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नियमावलीमा धितोपत्र बोर्डले शेयर किनबेचका लागि २० करोड चुक्ता पूँजी चाहिने व्यवस्था गरेको छ । अहिलेको साधारण शेयर खरिदबिक्रीका लागि २ करोड चुक्ता पूँजी चाहिन्छ ।

    यस्तै लगानी परामर्श सेवा, निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोड रुपैयाँको चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७९ मंगलवार - १२:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij