Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

वार्षिकोत्सवको अवसरमा क्याम्ब्रिजद्वारा एक महिने प्याकेज घोषणा

वार्षिकोत्सवको अवसरमा क्याम्ब्रिजद्वारा एक महिने प्याकेज घोषणा


  • 638
    Shares

    वार्षिकोत्सवको अवसरमा क्याम्ब्रिजद्वारा एक महिने प्याकेज घोषणा
    images

    काठमाडौं । शैक्षिक परामर्श ब्यवसायमा फरक पहिचान बनाउन सफल कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ । बागबजारमा रहेको क्याम्ब्रिज आजबाट स्थापनाको १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको हो ।

    डेढ दशकको शैक्षिक यात्रामा क्याम्ब्रिजले दशौं हजार विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिइसकेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहि परामर्श दिइएकोले नै क्याम्ब्रिज आम विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको उनको दावी छ ।

    ‘हामी आजबाट १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेका छौं । यसविच हामीले उच्च शिक्षाका लागि विदेश जाने दशौं हजार विद्यार्थीहरुलाई सही र तथ्यपरक परामर्श दिएका छौं । यो यात्रामा हामीलाई साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावहरुमा आभार प्रकट गर्दछु ।’ संस्थापक निर्देशक सिंखडाले भने ।

    आफुहरुले विद्यार्थीहरुलाई भरपर्दो, विस्वसनीय सेवा प्रदान गरेकैले सफलता प्राप्त गरेको उनको दावी छ । ‘विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई कुनै लोभ लालच र प्रलोभनमा पारेर परामर्श गर्दैनौं, विद्यार्थीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर जेन्यून परामर्श दिएकोले पनि हामी प्रति विद्यार्थी र अभिभावकले विस्वास बढ्दो छ ।’ निर्देशक सिंखडा भन्छन् ।

    विशेष प्याकेज घोषणा

    यस अवसरमा क्याम्ब्रिजले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ । १४ औं वार्षिकोत्सवको अवसरमा एक महिनाभर क्याम्ब्रिजबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुबाट शैक्षिक परामर्श शुल्क छुट गरिएको छ । ‘डिसेम्बर २३ देखि जनवरी २३ सम्म विदेश अध्ययनका लागि आवेदन गर्ने विद्यार्थीहरूबाट कुनै पनि कन्सल्टेन्सी सेवा शुल्क लिइने छैन ।’ संस्थापक निर्देशक सिंखडाले भने ।

    यसैगरी, आइएलटिएस र पिटिई अध्ययन गर्ने विद्यार्थीहरूलाई सात हजार पर्ने कोर्स दुई हजार पाँच सयमै पढाइने तथा आइएलटिएस परीक्षा मिति बुकिङमा तीन हजार देखि ४ हजार सम्मको छुट प्रदान गरिने बताइएको छ ।

    क्याम्ब्रिजले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, युरोप, न्यूजलेण्ड लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई सन्तुलित, यथार्थपरक र वस्तुनिष्ट रुपमा शैक्षिक परामर्श दिने गरेको छ । काठमाडौंको बागबजारमा मुख्य कार्यालय सँगै बालाजु, ललितपुर, बनेपा, धरान, इटहरी, विर्तामोड, दमकमा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने, अष्ट्रेलिया र बेलायतमा पनि अन्तराष्ट्रिय शाखा सञ्चालनमा छ ।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १४:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij