Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने


  • 2.3K
    Shares

    कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने
    images

    काठमाडौँ । कुमारी बैंकले संस्थापक समुहको  सेयर बिक्री खुला गरेको छ । बैंकका २ जना संस्थापक सेयरधनीहरुले आज भदौ २६ गते आइतबारदेखि आफ्नो स्वामित्वमा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन्।

    बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर के.सी.ले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँमा निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०७९ आइतवार - १५:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij