Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

शेयर बजारमा नयाँ रेकर्ड कायम, ९ अर्ब ८९ करोडको करोबार

शेयर बजारमा नयाँ रेकर्ड कायम, ९ अर्ब ८९ करोडको करोबार


  • 8.0K
    Shares

    शेयर बजारमा नयाँ रेकर्ड कायम,  ९ अर्ब ८९ करोडको करोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

    नेप्सेका अनुसार आज नेप्से १६.५५ अंकले घटेर दुई हजार चार सय २५ दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् । आज ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।  
        
    आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् ।   

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १५:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij