Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

आज पनि ओरालो लाग्यो शेयर बजार, कारोबार रकम पनि करोडमा झर्‍यो

आज पनि ओरालो लाग्यो शेयर बजार, कारोबार रकम पनि करोडमा झर्‍यो


  • 2.9K
    Shares

    आज पनि ओरालो लाग्यो शेयर बजार, कारोबार रकम पनि करोडमा झर्‍यो
    images

    शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

    आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ । 

    प्रकाशित मिति :भाद्र २२ २०७९ बुधवार - १४:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij