२०८२ भाद्र २५ गते बुधवार
मध्यविन्दु नगरपालिकाले विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र सामुदायिक सिकाई केन्द्र परिचालकको तलबका लागि माग फाराम पेश गर्न सामुदायिक विद्यालयलाई पत्र पठाएको छ ।
नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकको निर्णयबाट तलबबारे निर्णय गरी माग फाराम पेश गर्न नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयलाई पत्र पठाइएको हो ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत बजेट शीर्षकबाट विद्यालय सहयोगीलाई ७ हजार, विद्यालय सहायक (लेखापाल) लाई ४५ सय, सामुदायिक सिकाई केन्द्र परिचालकलाई ८ हजार र इसीडी शिक्षकलाई मासिक ८ हजार रूपैयाँ तलब निर्धारण गरिएको छ ।
संघीय सरकारले पनि विद्यालय कर्मचारी, इसीडी शिक्षक र सामुदायिक सिकाई केन्द्र परिचालकलाई तलब पठाउँछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij