२०८२ भाद्र २५ गते बुधवार
नेपाल विद्यालय कर्मचारी परिषद् सरकारसमक्ष विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा होमिएको आज ७ औं दिन पुगेको छ ।
भोलि ८ औं दिनसम्म माइतघर मण्डलामा धर्ना दिने कार्य जारी राख्ने परिषद्ले निर्णय गरेको छ । विद्यालय कर्मचारीको आन्दोलनका विषयमा संघीय संसद्मा कुरा उठे पनि सरकारबाट कुनै प्रतिक्रिया आएको छैन ।
नेपाल विद्यालय परिषद्को आन्दोलनलाई शिक्षा सम्बद्ध विभिन्न संघसंगठनले ऐक्यबद्धता जनाएका छन् ।
ऐक्यबद्धता जनाउने संघसंगठन
१. नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति
२. नेपाल विद्यालय कर्मचारी परिषद्, जिल्ला कार्यसमिति, तनहुँ
३. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति रामेछाप
४. नेपाल शिक्षक महासंघ, जिल्ला समिति, सुर्खेत
५. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति, चितवन
६. नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, सर्लाही
७. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति, अर्घाखाँची
८.प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति, मन्थली, रामेछाप
९. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति, बाजुरा
१०. नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, रामेछाप
११. नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रदेश समिति, बाग्मती प्रदेश
१२. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति, दाङ
१३. नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमिति
१४. नेपाल राष्ट्रिय शिक्षक संंगठन, जिल्ला कार्यसमिति जुम्ला
१५. नेपाल शिक्षक महासंघ, कर्णाली प्रदेश समिति, सुर्खेत
१६. नेपाल विद्यालय कर्मचारी परिषद्, कञ्चन गाउँपालिका कार्यसमिति, रुपन्देही
१७. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति,काभ्रेपलाञ्चोक
१८. नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोक
१९. सुनसरी जिल्लामा रहेका शिक्षक आबद्ध संघसंगठनहरू
२०. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति, सुर्खेत
२१. नेपाल शिक्षक संघ, मोरङ
२२. नेपाल राष्ट्रिय शिक्षक संगठन, हेटौंडा, मकवानपुर
२३. नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, दैलेख
२४. नेपाल शिक्षक महासंघ, हेटौंडा उपमहानगरपालिका, नगर कार्यसमिति
२५. नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति,दैलेख
२६. नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति, लम्जुङ
२७. प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन
२८. एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति
२९. नेपाल राहत शिक्षक, मधेस प्रदेश
३०. नेपाल राहत शिक्षक, केन्द्रीय कार्यसमिति, प्रदेश नं. १
उल्लेखित बाहेकका संघसंगठनले पनि विद्यालय कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij