Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम एक अर्बमाथि

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम एक अर्बमाथि


  • 2.0K
    Shares

    नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम एक अर्बमाथि
    images

    साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.७६ अंकले बढेर एक हजार नौ सय ९३.०२ बिन्दुमा पुगेको छ। त्यस्तै,‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर तीन सय ८७.४६ बिन्दुमा पुगेको छ।

    लगानीकर्ताहरूले दुई हजार इन्डेक्सलाई मनोवैज्ञानिक रूपमा मान्दै कारोबार गरिरहेकोमा   सूचक पुनः एक स्थान तल खसेको छ। आधारबिन्दुबाट बजार तल खस्दा लगानीकर्ता निराश बन्न पुगेका छन्।  बजारमा आइरहेको उत्तारचढावका कारण लगानी बढ्न सकेको छैन। कारोबारमा आएका १३ समूहको सूचकमध्ये तीनवटा समूहको सूचक सामान्य अंकले घटेका छन् भने नौ समूहको सूचक बढेको छ।

    कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम भएको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिँदा  कारोबार रकम बढ्न नसकेको हो । ३४  लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।  घटेको बजारमा नेपाल दूरसञ्चार कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको ११ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अरुण काबेली पावर, हिमालयन लिस्टिलरी, शिवम् सिमेन्टको तीन करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ । 

    विन नेपाल लघुवित्त, रिलायन्स फाइनान्स, मैलुङखोला जलविद्युत् कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको ४.६३ प्रतिशतदेखि ७.४८ प्रतिशतले बढेको छ। बजार घट्दा रुरु जलविद्युत् परियोजना र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतदेखि ५.७० प्रतिशतले घटेको छ।
     

     

    प्रकाशित मिति :भाद्र १३ २०७९ सोमवार - १५:१७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij