Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर एमाले कोशी प्रदेशले आन्दोलन गर्ने

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर एमाले कोशी प्रदेशले आन्दोलन गर्ने


  • 519
    Shares

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर एमाले कोशी प्रदेशले आन्दोलन गर्ने
    images

    काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘प्रतिगमन’ भएको दाबी गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ ।

    प्रदेश कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै २४ भदौमा चालिएको कदमले लोकतन्त्र र संविधानमाथि प्रहार गरेको दाबी गरेको हो  ।

    एमालेले हालै सम्पन्न पार्टीको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको नेतृत्वलाई सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन्।

    एमाले प्रदेश कमिटीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनर्स्थापनासहित राजनीतिक सङ्‍कट समाधानका लागि सबैखाले प्रतिगमनकारी षडयन्त्रका विरुद्व उभिन र ऐक्यबद्वता जनाउन सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्विक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी, युवा, विद्यार्थीलगायतलाई आह्वान गरेको छ ।।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १२:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij