२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।
उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । मौसम खराबीका कारण जहाज नउँडेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । ‘बिहान ९ बजेको टिकट थियो । मौसम खराब हुँदा अहिलेसम्म उडान भएको छैन’ उनले भने भने ।
यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij