Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१७ अंकले घट्यो नेप्‍से, कारोबार ८ अर्ब बढी

१७ अंकले घट्यो नेप्‍से, कारोबार ८ अर्ब बढी


  • 7.5K
    Shares

    १७ अंकले घट्यो  नेप्‍से, कारोबार ८ अर्ब बढी
    images

    काठमाडौं । लगातार बढिरहेको सेयर बजारमा पहिरो गएको छ । सेयर बजार सुचक नेप्‍से परिसुचक १७ अंकले घटेको हो । घटेपछि नेप्से दुई हजार ४ सय २३ दशमलव ०९ बिन्दूमा पुगेको छ ।

    कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये दुई समूह मात्रै बढेका छन् । होटल र फाइनान्स समूहको परिसुचक बढेको हो ।

    ट्रेडिङ समूहमा ३ प्रतिशतले पहिरो गएपछि नेप्से परिसुचक प्रभावित बनेको छ । डेभलपमेन्‍ट बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्‍स समूहमा उच्‍च अंकले गिरावट आएको छ ।

    नेप्से परिसूचक ओरालो लाग्दा चार कम्पनीमा भने उच्च अंकले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्‍स्‍योरेन्स, युनाइटेड फाइनान्स र इभरेस्‍ट इन्‍स्‍योरेन्‍स कम्पनीको प्रोमोटर सेयरमा ९ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएको छ ।

    सेयर बजार ओरालो लाग्दा पनि कारोबार ८ अर्बभन्‍दा बढी नै पुगेको छ । ६३ हजार ८ सय १७ पटकको कारोबार १ करोड ९६ लाख कित्ता सेयर किनबेच भएको छ । लाभांश लिने अन्तिम दिन नेपाल लाइफ इन्‍स्योरेन्‍सको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १६:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij