Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने


  • 9.4K
    Shares

    एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने
    images

    काठमाडों । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।  

    ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेकोiServe डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iServe भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले क्ष्लकतबलत Instant Card वा Embossed Card तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।  

    यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस मार्फत reference कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

    उक्त reference कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । 

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १३:०७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij