Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मोटरसाइकलमा आगजनी

मोटरसाइकलमा आगजनी


  • 1.7K
    Shares

    मोटरसाइकलमा आगजनी

    धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

    घरको बरण्डामा राखिएको से४प६८९४ नंको उक्त मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति पुगेको छ । घरका सबै सदस्य सुतिसकेको अवस्थामा भएको सो घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले बताए ।

    यसैबीच धनगढी उपमहानगरपालिका–२ को ट्राफिकचोक नजिक शङ्कास्पदरूपमा हिँडिरहेको भनिएका बझाङ दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई एक किलो पाँच सय ग्राम लागुऔषध चरेससहित सोमबार साँझ पक्राउ गरिएको छ । सादा पोशाकमा रहेको प्रहरी टोलीले जोशीलाई चरेससहित नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७९ मंगलवार - १०:५०:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij