Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने


  • 8.4K
    Shares

    इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बाजरको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो ।

    निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको छ ।

    बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

    आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ ।

     

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - ११:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij