Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने तयारी

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने तयारी


  • 2.0K
    Shares

    परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने तयारी

    परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ (अगस्ट ९ देखि ११)  गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएको छ ।

    उहाँले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लाग्नुको मन्त्रालयले आज जनाएको हो ।

     दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको छिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नुहुनेछ ।  मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०७९ शुक्रवार - ११:५३:४७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij