Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

चार दिनदेखि हवाई सेवा ठप्प

चार दिनदेखि हवाई सेवा ठप्प


  • 1.6K
    Shares

    चार दिनदेखि हवाई सेवा ठप्प

    हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ ।  बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । 

    जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन् ।  

     हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताउनुभयो ।

    सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण १६ २०७९ सोमवार - ११:१९:३६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij