Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पाँच वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य, शिक्षक पनि एकजना मात्रै

पाँच वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य, शिक्षक पनि एकजना मात्रै


  • 2.4K
    Shares

    पाँच वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य, शिक्षक पनि एकजना मात्रै
    images

    जुम्लामा पाँच वटा कक्षाका विद्यार्थी एउटै  कोठामा बसेर पढ्न बाध्य भएका छन् । चन्दननाथ नगरपालिका– ५ मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् ।  

    जुम्ला सदरमुकाम खलंगास्थित गुरुकुल पाठशालाकी  कक्षा ३ मा अध्ययनरत छात्रा नबिना अधिकारीले कक्षा कोठा अभाव भएको बताइन्  । उनले  भनिन्, ‘५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ ।’ उनलाई विद्यालय जाँदा सधैँ कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।  

    ‘एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षक पनि एउटै हुनुहुन्छ, सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’ 

    पाठशालामा नेपाली र संस्कृत दुई वटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ कक्षासम्मका ३० विद्यार्थीको पठनपाठनमा समस्यामा भएको हो । 

    चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताए ।  उनले भने, ‘चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्च बापत २ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ ।

    ‘ नगरपालिकाको सानो बजेट कहाँ कहाँ पुर्याउनु ?,’ प्रधानाध्यापक विश्वराज उपाध्यायले भने, ‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो । तर, भौतिक संरचना र शिक्षक अभावले आफैँमा अस्तव्यस्त छ ।’

    उनले भने जुम्लामा पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिएको बताए । तर, विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उनको भनाइछ ।  ‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै,’ उनले भने, ‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रबन्ध छैन ।’

    अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि कक्षा ५ सम्म १४ छात्रा र १६ छात्र छन् । पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उनले बताए  । ‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ, सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन,’ उनले भने ।

    पाठशालामा दलित र गैर दलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ । पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन् । बेलुकी ४ देखि ६ बजेसम्म २ घण्टासम्म पाठशाला सञ्चालन हुन्छ । यही पाठशालामा पढेका रमेश न्यौपाने चन्दननाथ मन्दिरका मुख्य पुजारी छन् ।

    चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंका अनुसार चन्दननाथ नगरपालिकाले वार्षिक बजेट एकमुष्ट दुई लाख ४१ हजार रुपैयाँ अनुदान दिने गरेको छ ।

    प्रकाशित मिति :श्रावण १६ २०७९ सोमवार - ११:०४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij