Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

साताको पहिलो दिन करीब २० अंकले घट्यो नेप्से, ४३ कम्पनीको मूल्य बढ्यो

साताको पहिलो दिन करीब २० अंकले घट्यो नेप्से, ४३ कम्पनीको मूल्य बढ्यो


  • 1.6K
    Shares

    साताको पहिलो दिन करीब २० अंकले घट्यो नेप्से,  ४३ कम्पनीको मूल्य बढ्यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

    आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ । 

    होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घटेको छ । जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटेको छ ।

    एसवाई प्यानलको मूल्य १० प्रतिशत बढेको छ । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढेको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    share.JPG
    undefined

    images
    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १५:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij