Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

साताको पहिलो दिन करीब २० अंकले घट्यो नेप्से, ४३ कम्पनीको मूल्य बढ्यो

साताको पहिलो दिन करीब २० अंकले घट्यो नेप्से, ४३ कम्पनीको मूल्य बढ्यो


  • 540
    Shares

    साताको पहिलो दिन करीब २० अंकले घट्यो नेप्से,  ४३ कम्पनीको मूल्य बढ्यो
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

    आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ । 

    होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घटेको छ । जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटेको छ ।

    एसवाई प्यानलको मूल्य १० प्रतिशत बढेको छ । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढेको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    share.JPG
    undefined

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १५:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij