Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मोरङमा पुँजीगत खर्च ८४ प्रतिशत

मोरङमा पुँजीगत खर्च ८४ प्रतिशत


  • 1.6K
    Shares

    मोरङमा पुँजीगत खर्च  ८४ प्रतिशत

    मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।  

    कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु ६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पाँच सय ८३ बराबर रकम विनियोजन भएको कार्यालयका सूचना अधिकारी तनुजा पोखरेलले जानकारी दिनुभयो ।
     सोही अवधिमा चालुतर्फ रु ३६ अर्ब नौ करोड ७५ लाख २८ हजार विनियोजन भएकामा रु ३४ अर्ब ९८ करोड ४४ लाख  ३७ हजार खर्च भइ ९६ दशमलव शून्य नौ प्रतिशत प्रगति हासिल भएको उहाँले बताउनुभयो । जिल्लाभर सम्बद्ध  कार्यालयले रु ५२ अर्ब ४१ करोड ६४ लाख दुई हजार राजस्व सङ्कलन गरेका थिए ।

    प्रकाशित मिति :श्रावण १५ २०७९ आइतवार - १२:४४:४१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij