Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कैलाली भन्सारले गर्यो नौ अर्ब राजस्व सङ्कलन

कैलाली भन्सारले गर्यो नौ अर्ब राजस्व सङ्कलन


  • 2.2K
    Shares

    कैलाली भन्सारले गर्यो नौ अर्ब राजस्व सङ्कलन

    कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।  सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो ।

    कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।

    सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ रु पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ रु तीन अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

    गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।

    कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ । 

    प्रकाशित मिति :श्रावण १५ २०७९ आइतवार - ११:४६:२७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij