Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर


  • 2.1K
    Shares

    दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्।

    आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए। 

    घाइते आठ यात्रुको उपचार चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको उपचार मध्यविन्दु जिल्ला अस्पतालमा डण्डामा भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - ०९:०५:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij