Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

परीक्षामा सामेल हुन छात्राहरूलाई 'ब्रा' खोल्न लगाएपछि...

  • 2.9K
    Shares

    परीक्षामा सामेल हुन छात्राहरूलाई 'ब्रा' खोल्न लगाएपछि...
    images

    भारतको केरल राज्यमा पर्ने कोल्लम जिल्लाको एउटा कलेजले मेडिकल विषयको प्रवेश परीक्षा दिन गएका छात्राहरूको ब्रासमेत खोल्न लगाएको छ ।

    परीक्षा दिन गएका विद्यार्थीलाई मेटल डिटेक्टरले जाँच गर्दा ब्राको हुक बजेको भन्दै खोल्न लगाइएको हो । कुनै पनि धातु परीक्षा हलमा लैजान नपाउने भन्दै सुरक्षा जाँचमा खटिएका महिलाले नै ब्रा खोल्न लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    परीक्षा दिन गएका ९० प्रतिशत छात्रालाई ब्रा खोल्न लगाएको थियो। जिन्स पाइन्टमा पनि धातुको टाँक भएको भन्दै खोल्न लगाइएको थियो। आइतबार भएको परीक्षामा विद्यार्थीमाथि ज्यादती भएपछि एक जना छात्राका पिताले त्यसविरूद्ध प्रहरीमा उजुरी दिएका छन् । उजुरी पछि घटना बाहिरिएको हो।

    ब्रा खोल्न नमान्ने छात्रालाई परीक्षामै बस्न नदिने भनेपछि उनीहरूले खोलेर सल ओढेर परीक्षा हालमा प्रवेश गरेका थिए । परीक्षापछि त्यसरी खोलिएको ब्रा एउटा कोठामा फ्यालिएको अवस्थामा देखिएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ। परीक्षा दिन गएका छात्राहरू रोइरहेका र मानसिक रूपमा कमजोर देखिएको भन्दै दोषीमाथि कारबाही माग गरिएको छ। 

    उक्त घटना बाहिरिएपछि केरलकी उच्च शिक्षा मन्त्री आर बिन्दुले विद्यार्थीमाथि भएको यस्तो दुर्व्यबहार सहन नसकिने बताएकी छिन्। उनले यो घटनाको जाँच गरिने र आवश्यक कारबाही हुने उल्लेख गरेकी छिन्। छात्राहरूलाई ब्रा खोल्न लगाएर परीक्षामा सामेल गराएपछि
    नयाँ दिल्ली । भारतको केरल राज्यमा पर्ने कोल्लम जिल्लाको एउटा कलेजले मेडिकल विषयको प्रवेश परीक्षा दिन गएका छात्राहरूको ब्रासमेत खोल्न लगाएको छ ।

    परीक्षा दिन गएका विद्यार्थीलाई मेटल डिटेक्टरले जाँच गर्दा ब्राको हुक बजेको भन्दै खोल्न लगाइएको हो । कुनै पनि धातु परीक्षा हलमा लैजान नपाउने भन्दै सुरक्षा जाँचमा खटिएका महिलाले नै ब्रा खोल्न लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    परीक्षा दिन गएका ९० प्रतिशत छात्रालाई ब्रा खोल्न लगाएको थियो। जिन्स पाइन्टमा पनि धातुको टाँक भएको भन्दै खोल्न लगाइएको थियो। आइतबार भएको परीक्षामा विद्यार्थीमाथि ज्यादती भएपछि एक जना छात्राका पिताले त्यसविरूद्ध प्रहरीमा उजुरी दिएका छन् । उजुरी पछि घटना बाहिरिएको हो।

    ब्रा खोल्न नमान्ने छात्रालाई परीक्षामै बस्न नदिने भनेपछि उनीहरूले खोलेर सल ओढेर परीक्षा हालमा प्रवेश गरेका थिए । परीक्षापछि त्यसरी खोलिएको ब्रा एउटा कोठामा फ्यालिएको अवस्थामा देखिएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ। परीक्षा दिन गएका छात्राहरू रोइरहेका र मानसिक रूपमा कमजोर देखिएको भन्दै दोषीमाथि कारबाही माग गरिएको छ। 

    उक्त घटना बाहिरिएपछि केरलकी उच्च शिक्षा मन्त्री आर बिन्दुले विद्यार्थीमाथि भएको यस्तो दुर्व्यबहार सहन नसकिने बताएकी छिन्। उनले यो घटनाको जाँच गरिने र आवश्यक कारबाही हुने उल्लेख गरेकी छिन्।

    प्रकाशित मिति :श्रावण ३ २०७९ मंगलवार - १६:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij