Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबिच बिदाइ भेट

सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबिच बिदाइ भेट


  • 526
    Shares

    सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबिच बिदाइ भेट
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको हो ।

    सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । 

    भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताएका छन् । 

    भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू-जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुख घिमिरेले प्रशंसा गरे । साथै नेपाल-चीन संसदबिच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरेका छन् । 

    राजदूत सोङले केही दिनअघि नेपाल–चीन आर्थिक सहकार्य र लगानी सम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । 

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १३:२५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij