Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

बजेट कार्यन्वयन मार्गदर्शन जारी, सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने (मार्गदर्शनसहित)

बजेट कार्यन्वयन मार्गदर्शन जारी, सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने (मार्गदर्शनसहित)


  • 4.3K
    Shares

    बजेट कार्यन्वयन मार्गदर्शन जारी, सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने (मार्गदर्शनसहित)
    images

    नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले बजेट कार्यान्वयनसम्बन्धी गाइडलाइन जारी गरेको छ । आयोजना निर्माणका काम समयमै सक्न बोलपत्र, ठेक्का सम्झौता र काम सुरु गर्नुपर्ने समयसमेत तोकेर बजेट कार्यान्वयन मार्गदर्शन जारी गरिएको हो ।

    निर्माण कार्य समयमै सम्पन्न नहुँदा नेपालमा कैयौं आयोजनाहरु अलपत्र अवस्थामा छन् । मार्गदर्शन कार्यान्वयनपश्चात समयमै काम नहुने, भएको काम पनि वर्षौं अल्झने र आयोजनाहरु अलपत्र हुने समस्या अन्त्य हुने अर्थ मन्त्रालयको विश्वास छ ।

    सरकारको मार्गदर्शनअनुसार ठेक्का सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने भएको छ । यसका लागि अर्थले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । बजेटमा नपरेका र स्वीकृत नभएका आयोजना अघि बढाउन पाइनेछैन । तोकिएको लागत र समयै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

    स्वीकृत आयोजनाको विस्तृत डिजाइन, लागत अनुमान साउन मसान्तभित्र स्वीकृत गरेर बोलपत्र आह्वानसमेत गर्नुपर्नेछ । असोज मसान्तभित्र ठेक्का सम्झौता गरी १५ दिनभित्र काम सुरु गर्नुपर्नेछ ।

    प्रकाशित मिति :श्रावण २ २०७९ सोमवार - ११:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij