Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

आज आर्थिक वर्षको अन्तिम दिन, यी हुन् सर्वाधिक धेरै कारोबार गर्ने १० कम्पनी

आज आर्थिक वर्षको अन्तिम दिन, यी हुन् सर्वाधिक धेरै कारोबार गर्ने १० कम्पनी


  • 3.1K
    Shares

    आज आर्थिक वर्षको अन्तिम दिन, यी हुन् सर्वाधिक धेरै कारोबार गर्ने १० कम्पनी
    images

    साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २ हजार ९.४६ विन्दुमा पुगेको हो ।

    दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रूपैयाँ बराबरको शेयर खरीदबिक्री भएको छ ।

    शुक्रबार २०७८/७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्सेले एतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुको वरिपरी रहेको छ ।  

    आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बजार हल्लाले केहि दिनेदेखि लगातार बढिरहेको थियो । आज मात्रै अपरको १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ भने किसान लघुवित्तको ५ करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । 

    त्यस्तै सर्वाधिक धेरै कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश हिमालयन डिट्रलरी ४ करोड ४८ लाख, अरुण काबेली पावर ४ करोड ३३ लाख, नेपाल एसबिआई बैंकको ४ करोड २४ लाख, शिवम सिमेन्टको तीन करोड ९९ लाख, कामना सेवा विकास बैंकको तीन करोड ६८ लाख, नेपाल बैंकको तीन करोड ४३ लाख र एनआईसी एशिया बैंकको तीन करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।

    प्रकाशित मिति :आषाढ ३१ २०७९ शुक्रवार - १७:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij