Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘सानिमा लार्ज क्याप फण्ड’ को आईपीओ आजबाट बिक्रि खुल्ला

‘सानिमा लार्ज क्याप फण्ड’ को आईपीओ आजबाट बिक्रि खुल्ला


  • 10.3K
    Shares

    ‘सानिमा लार्ज क्याप फण्ड’ को आईपीओ आजबाट बिक्रि खुल्ला
    images

    काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गतको ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको आईपीओे सार्वजनिक निष्कासन तथा बिक्रि आजबाट खुल्ला भएको छ ।

    १० रुपैयाँको दरले १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई संघ संस्था तथा सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेको सानिमा फण्डले जनाएको छ ।

    फण्डले इकाई कोष प्रबन्धकमा सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

    उक्त इकाईलाई माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा संचालित मेरो शेयर अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १६:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij