Logo

२०७९ आषाढ १३ गते सोमवार

images

कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

खबर सेन्टर

८ आषाढ २०७९
  • 260
    SHARES
  • images
    कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने
    images

    कुमारी बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिटरक्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ । 

    जसअनुसार विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइलरइन्टरनेट बैंकिङ्ग वा भिसा  कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिटरक्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।

    विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताए ।  

    फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन बैंकमार्फत सोझै प्राप्त गर्न सक्ने उनको भनाइ छ । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।

    यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५,००० भन्दा बढीको भिसा डाइरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम  रु ५०० प्रदान गर्र्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १५:२३:२६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार