Logo

२०७९ आषाढ १३ गते सोमवार

images

बाँडफाँड भयो दोर्दी खोला जलविद्युतको आईपीओ, कसरी हेर्ने नतिजा ?

बाँडफाँड भयो दोर्दी खोला जलविद्युतको आईपीओ, कसरी हेर्ने नतिजा ?

खबर सेन्टर

८ आषाढ २०७९
  • 617
    SHARES
  • images
    बाँडफाँड भयो दोर्दी खोला जलविद्युतको आईपीओ, कसरी हेर्ने नतिजा ?
    images

    दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । 

    जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

    दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

     लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - ११:१३:५८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार